बलिउडका सुपरस्टार नायक अमिताब बच्चनले बर्ष २०१८ को दादा साहब फाल्के अवार्ड पाउदै छन् यसको जानकारी भारतका सुचना तथा संचार मन्त्रि प्रकाश जावडेकरले टवीट गरी जानकारी गराएका छन् दादा साहेब फाल्के पुरस्कार बलिउडको सबैभन्दा ठुलो पुरस्कार मानिन्छ । अमिताब बच्चन यस्ता कलाकार हुन जसले धेरै बर्ष भारतिय सिनेमा क्षेत्रमा एकछत्र राज गरेका थिए । अहिले पनि फिल्म र टेलिभिजनमा त्यतिकै सक्रिय छन् ।
के हो दादा साहब फाल्के पुरस्कार
भारतिय सिनेमा क्षेत्रमा आजिवन योगदान दिने बिशेष ब्यतिलाई यो पुरस्कार दिईन्छ । दादा साहब फाल्के पुरस्कार भारत सरकार बाट दिने बार्षिक पुरस्कार हो,
१७औं राष्ट्रीय फ़िल्म पुरस्कारको लागी आयोजीत समारोहमा पहिलो चोटी यो पुरस्कार अभिनेत्री देविका रानी लाई प्रदान गरीएको थियो ।