आज:  | Thu, 25, Apr, 2024

औपचारीक घोषणा पूर्व नै चर्चाको शिखरमा रहेको प्रेमगीत ३ को भब्य सेट बन्दै

२०७६, ८ आश्विन बुधबार २२:३७ मा प्रकाशित ( ४ साल अघि) ५४६२३ पाठक संख्या

अहिले सर्बाधिक चर्चाको शिखरमा रहेको नेपाली सिनेमा प्रेमगीत ३ औपचारिक घोषणा नहुदै बिभिन्न कारणले चर्चामा रहदै आएको छ नायिकाको अडिसन,पोष्टर आउट,नेपालको अहिले सम्म कै सबैभन्दा ठुलो गीत रेकडिड.,लगाएत धेरै चर्चामा रहदै प्रिपोडक्शनको काम गरीरहेको निर्माण टिम अहिले धमाधम सेट निर्माणको काममा ब्यस्त छ सेट निर्माण पनि नेपाली सिनेमा ईतिहासमा सम्भवत पहिलो होला जुन बलिउड जस्तै झल्को दिने भब्य सेट निर्माण हुदैछ यसबारे निर्माता सन्तोष शेनसँग बुझदा यो सबै आम दर्शकका लागी र नेपाली सिनेमाको मेकिड. स्तरलाई बढाउदै जानुपर्छ भन्ने हिसाबले हामी काम गर्दैछौं । एक बर्षको समयावधी लगाएर मेहनतका साथ काम गरीरहेकाछौं । पक्कै पनि हाम्रा दर्शक शुभचिन्तकले चैत्र २८ गते एउटा राम्रो सिनेमा हेर्न पाउनुहुनेछ भन्ने कुरामा आफू ढुक्क रहेको बताय । अब नेपाली सिनेमा क्षेत्रलाई  सबैले सकारात्मक सोच बनाएर अगाडी बढाउदै जानुपर्छ भन्नेमा आफू रहेको बताय । यस अघि दुई पटक सम्म निकै मेहनत गरी नेपाल चाईना बोर्डर आसपास र मनाड.का बिभिन्न क्षेत्र लगायतका ठाँऊको लोकेशन लक गरीसकेको निर्माण टिमले अहिले ईन्डोरको लागी सेट धमाधम बनाईरहेको छ । नेपाली सिनेमा क्षेत्रका ३ पुस्ताका हिट कलाकार रहेको यो सिनेमा बलियो स्टारकास्ट रहेको यो सिनेमाको सम्पूर्ण टिमले अहिले कडा मेहनतका साथ काम गरीरहेको छ । यसका मुख्य कलाकारहरु पनि उतिकै मेहनतका साथ हरेक दिन एक्शन,नृत्य, जिम र योगा अभ्यास गरीरहेका छन् । यो सिनेमाको सम्पूर्ण प्रिपोडक्शनको काम सम्पन्न गरी तिहार लगतै सुटिड.मा जाने कुरा निर्माण पक्षले बताएको छ । सिनेमा आगामी चैत्र २८ गते रिलिज हुने गरी यसअघि नै डेटलक गरीसकेकोछ ।

खबर एक्सप्रेस