आज:  | Wed, 27, Mar, 2024

पाकिस्तानका प्रधानमन्त्रीले भारतलाई युद्धको धम्की दिए लगतै भारतिय रक्षामन्त्रीले दिए कडा चुनौती

२०७६, ८ आश्विन बुधबार २३:४९ मा प्रकाशित ( ४ साल अघि) २६१३४ पाठक संख्या

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले अमेरीका भ्रमणमा रहनु भएको छ भने अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकै घनिष्टता बढीरहेको स्थितीमा यता पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीर मुद्दामा भारतसँग युद्ध हुने संभावना रहेको चेतावनी दिएका छन् । अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मोदीलाई अमेरिकाको रॉक स्टार एल्विस प्रेस्ले को जस्तो लोकप्रिय भएको बताउनु भयो भने भारत र पाकिस्तानको समस्या एकआपसमा मिलाउन अनुरोध गर्नुभएको छ ।

यसै बिच भारतिय रक्षामन्त्री राजनाथ सिंहले पाकिस्तानले आतंककारीहरूको सहयोगमा भारतलाई अस्थिर पार्ने कोशिस गरिरहेको छ पाकिस्तानलाई १९७१ को गल्ती नदोहोर्याउन चेतावनी दिए। १९७१ को युद्धमा पाकिस्तान दुई भागमा विभाजित भयो र बंगलादेशको रूपमा नयाँ देश देखा पर्‍यो उनले भने  ७१ को गल्ती नदोहोर्याउनुहोला, नत्र पीओके लाई के हुन्छ, राम्ररी बुझ्नुहोला रक्षामन्त्रीले पाकिस्तानलाई कडा रुपमा भनेका छन् पटक पटक आतंककारीहरू मार्फत भारतलाई अस्थिर तुल्याउन खोजेकोले अब त्यो स्वीकार्य नहुने बताउदै पटक पटक १९७१ को कुरा दोहोर्याउदै युद्धको धम्की दिएका छन् ।

खबर एक्सप्रेस