मेगा बजेटको चिनियाँ फिल्म नेपालमा छाँयकन हुने भएको छ । उक्त फिल्मको छायाँकनमा नेपाल भ्रमण वर्ष २०२० ले समेत सहकार्य गर्ने भएको छ । द वे टु प्योर ल्यान्ड नामक फिल्मको छाँयकन पोखरा, चितवन, बन्दीपुर र काठमाण्डुमा हुने निर्माण युनिटले राजधानीमा आयोजित कार्यक्रमा जनकारी दिएको हो । कार्यक्रममा उक्त फिल्मका निर्देशक, नायिका, लेखक, निर्माता र सह–निर्देशक उपस्थित थिए ।
किम किङ र एलियन किङले निर्देशन गर्ने फिल्मको लोकेसन हन्टिङ गरेर फिल्म युनिट काठमाण्डौं फर्किएको थियो । अध्यात्मलाई विषयवस्तु बनाउन लागेको फिल्मले बुद्ध जनमथलो नेपाललाई आध्यात्मिक भुमिको रुपमा चिनाउने निर्देशक किङले बताए ।
सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । नेपाल घुमन आउने पर्यटक मध्य चिनियाँ पर्यटक दोस्रो स्थानमा छन् । भ्रमण वर्ष २०२० का संयोजक सुरोज वैद्यले चिनियाँ स्टारको फिल्म नेपालमा सुटिङ गर्दा नेपालको पर्यटन अभिवृद्धि हुने बताउनु भयो ।