आज:  | Tue, 23, Apr, 2024

४.७ म्याग्निच्यूडको भूकम्प आयो

२०७६, ९ आश्विन बिहीबार २२:०६ मा प्रकाशित ( ४ साल अघि) १३४८६ पाठक संख्या

आज साँझ ६ः४९ मिनेटमा गोरखा र लमजुङको सिमाना केन्द्रविन्दु भएको ४.७ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको छ ।  गोरखा खरिबोटको उत्तर तर्फ भूकम्पको केन्द्रविन्दु रहेको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का चितवन,नवलपरासी, रुपन्देही, पाल्पा र स्याड.जा लगायतका जिल्लामा समेत महसुस गरिएको स्थानीयबासीले बताएका छन् भने भूकम्पले कतै क्षति नपुर्‍याएको जानकारी प्राप्त भएकोछ ।
यो भूकम्प २०७२ सालको शक्तिशाली भूकम्प कै पराकम्पन भएको पनि केन्द्रले जनाएको छ ।

खबर एक्सप्रेस