आज:  | Mon, 25, Sep, 2023

हेलो सरकार प्रति नागरीककोे बिश्वास घटने संकेत

२०७६, ९ आश्विन बिहीबार २३:४४ मा प्रकाशित ( ३ साल अघि) १९४६९ पाठक संख्या

डिजिटल प्रबिधिका कारण हरेक सुचनाहरु आदान प्रदान गर्न एकदमै सजिलो भएको छ बिशेष गरी सामाजिक संजाल फेसबुक टवीटर लगायतका कारण हरेक नागरीकले मिनेट भर मै सरकारसँग आफना गुनासहरु राख्न सक्दछ भने आफूलाई परेको समस्याहरु अनी समाजमा हुने गरेका बिकृती बिसंगतीका बिरुद्ध सम्बन्धित ठाऊमा गुनासो,सुचना तथा जानकारी दिनको लागी सजिलो माध्यम बनेको छ । नेपाल सरकारले पनि बिगत लामो समयदेखी हेलो सरकार मार्फत जनताका सुचना गुनासोहरु सुन्ने गरेको छ र प्राप्त हुने सुचना गुनासाहरुलाई आवश्यक कार्बाहीका लागी सम्बन्धित निकायमा पठाउने गर्दछ जुन कार्य एकदम सहज र राम्रो तरिकाले गर्दै आएको छ तर जब हेलो सरकारबाट ती सुचना, गुनासा र जानकारीहरु सम्बन्धित निकायमा जाने गर्दछन तब ती सुचना गुनासोहरु त्यहि फाईलिड. हुने गर्दछन् जसको सुनुवाई कमै मात्रामा हुने गर्दछ । अन्तत परिणाम शुन्य नै हुने गर्दछ । यसलाई कार्यन्वयन गरे नगरेको अनुगमन गर्न जरुरी देखिन्छ हेलो सरकारले त्यो बुझन खोज अनुसन्धान गर्न एकदमै जरुरी रहेको छ । नभए हेलो सरकार प्रतिको जन बिश्वास गुम्ने खतरा बढदै जाने कुरा आम नागरीकहरुले बताउने गरेका छन् ।

खबर एक्सप्रेस