नेपाल सरकारले नेपाली सेनाका उपरथी प्रभुराम शर्माको पदावधी थप गरे सँगै उपरथी शर्माको सेनाको भाबी सेनापति बन्ने पक्का छ । हाल सेनाका युद्धकार्य महानिर्देशक समेत रहेका शर्माको नेपाल सरकारले १ वर्ष २ महिना १५ दिनका लागी समयावधी थप गरेको हो । शर्माको उपरथीमा पदावधी थपसंगै सेनाको भावी प्रधानसेनापति बन्ने बाटो खुला भएको छ । सैनिक मुख्यालयको सिफारीसमा उनको पदावधि थपको फाइल मन्त्रिपरिषदमा सिफारिस भएको बुझीएको छ।
सेनामा व्यवसायिक सैनिक अधिकृतको छवि भएका शर्माले नेशनल डिफेन्स कोर्स (एनडिसी) भारतबाट गरेका छन् । अहिलेका प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७८ भदौ २४ मा अनिवार्य अवकास पाउने छन् सेनापति थापाले आफ्नो उत्तराधिकारीका रुपमा शर्मालाई नै सिफारिस गरेको बुझिएको छ ।