आज:  | Fri, 29, Mar, 2024

हाउसफुल-४’ ट्रेलर : मस्ती, रमाइलो र कन्फ्युजनको डोज

२०७६, १० आश्विन शुक्रबार १९:१७ मा प्रकाशित ( ४ साल अघि) १३२०७ पाठक संख्या

 एक्शन अभिनेता अक्षय कुमारको मल्टीस्टार फिल्म ‘हाउसफुल–४’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । २०१० मा सुरु भएको हाउसफुल फ्रेञ्चाइजीको यो चौथो फिल्म हो । यो फिल्ममा अक्षय कुमार, रितेश देशमुख, बाबी देओल, राणा दग्गुबाती, कृति सेनन, कृति खरबंदा र पूजा हेग्डे मुख्य भूमिकामा छन् । यो फिल्ममा नवजुद्दिन सिद्धिकीको पनि केमियो रोल छ । फिल्मलाई फरहद समजीले निर्देशन गरेका हुन् ।

हाउसफुल फ्रेञ्चाइजीको हरेक फिल्ममा अलग–अलग कहानीलाई प्रस्तुत गरिन्छ । यो फिल्ममा पुनर्जन्मको कथालाई समावेश गरिएको छ । यसै कमेडी फिल्मबाट चंकी पाण्डेले पनि फिल्ममा कमब्याक गर्दैछन् ।

फिल्मको ट्रेलरको कुरा गर्नुपर्दा मस्ती, रमाइलो र कन्फ्युजनले भरिएको छ । ट्रेलरमा अक्षय कुमारसँगै रितेश देशमुखको पनि रमाइलो कमेडी देख्न पाइन्छ । त्यस्तै कृति सेनन, कृति खरबंदा र पूजा हेग्डेलाई ग्ल्यामरस देखाइएको छ ।

 

खबर एक्सप्रेस