आज:  | Mon, 25, Sep, 2023

तिलगंगा महिला समूहको छैटौ वार्षिक साधारणसभामा सम्पन्न

२०७६, ११ आश्विन शनिबार ००:२३ मा प्रकाशित ( ३ साल अघि) १३७०३ पाठक संख्या

काठमान्डौ तिलगंगा महिला समूहको छैटौ वार्षिक साधारणसभामा सम्पन्न भएको छ । साधारणसभाको प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले समुदघाटन गर्दै महिला सीप विकास र उद्यमशीलताको लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो। डा. भट्टराईले सामाजिक काम प्रतिको लगनशीलताको कारण बाग्मती सफाई अभियानमा समूहले पुर्याएको योगदानको प्रशंशा समेत गर्नु भयो । नेकपा काठमाडौं महानगरका अध्यक्ष निर्मल देउलाले वडा नं ८ को सबैभन्दा लोकप्रिय र क्रियाशील संस्थाको रुपमा तिलगंगा महिला समूह रहेको बताउदै संस्थागत सहयोगको लागि आफ्नो पहल रहने धारणा व्यक्त गर्नु भयो।
चक्रपथ सफाई अभियन्ता लोकबहादुर टण्डन र सामाजिक अभियन्ता एब बाग्मती सफाई महा अभियानका अभियन्ता चक्र बहादुर चन्दले तिलगंगा महिला समूह सामाजिक कार्यमा उदाहरणीय काम गरेको भन्दै प्रशशा गरे भने बागमती सफ़ाई महाअभियान बारे सरकारले स्पस्ट रूपले धारण बनाऊँन र सरकारी पक्षबाट गर्नु पर्ने काम कर्तब्य जथाभावी फोहोर फाल्नेलाई कड़ा कार्बाही गर्ने प्रकृया थालनी गराऊँन प्रधानमन्त्रीको ध्यानाकर्शन गराउदै सरकारले यो अभियानसँग सहकार्य गर्न आवस्यक रहेको बताउनु भयो।
संस्थाकी अध्यक्ष आशा पाण्डेले आफुहरूलाई बाग्मती सफाई महाअभियानले सामाजिक कार्य गर्न उत्प्रेरणा जगाएको भन्दै महिलाहरुलाई क्षमता अभिवृद्धि, नेतृत्व विकास, उद्यमशील तलिम संचालन गरि अब महिलाहरूलाई आत्मनिर्भर बनाऊँन यो समूह लागी पर्ने बताउनु भयो । साधारणसभाको अध्यक्षता आशा पाण्डे र संचालन संस्थाकी कोषाध्यक्ष लीला थपलियाले गर्नुभएको थियो।

खबर एक्सप्रेस