आज:  | Fri, 01, Dec, 2023

पारस खड्काको चमत्कारमा सिंगापुर पराजित..

२०७६, ११ आश्विन शनिबार २०:३२ मा प्रकाशित ( ४ साल अघि) २३५६१ पाठक संख्या

सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले जित निकालेको छ । शनिबार आफ्नो दोस्रो खेल खेलेको नेपालले आयोजक सिंगापुरविरुद्ध ९ विकेटको जित निकालेको हो ।

aaa

इन्डियन एसोसियसनको मैदानमा भएको उक्त खेलमा नेपाललाई जिताउन कप्तान पारस खड्काले शतक प्रहार गरेका थिए । ५२ बल खेलेका कप्तान पारसले ९ छक्का र ७ चौकाको सहयताले १ सय ६ रन बनाएका हुन् ।

इन्डियन एसोसियसनको मैदानमा भएको उक्त खेलमा सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर खेल्दा १ विकेटको क्षतिमा उक्त लक्ष्य भेट्टायो । नेपालका लागि कप्तान पारस खड्काले शतक प्रहार गरेका थिए । ५२ बल खेलेका कप्तान पारसले ९ छक्का र ७ चौकाको सहयताले १ सय ६ रन बनाएका हुन् । यस्तै आरिफ शेखले ३९ रन बनाउँदा इशान पाण्डे भने ५ रनमा आउट भएका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ३ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । सिंगापुरका लागि कप्तान टिम डेभिडले ६४ रन बनाउँदा जनक प्रकाशले अविजित २५ रन बनाए ।

यस जितसँगै नेपालले २ अंक जोडेको छ । यसअघि नेपालले सिरिजको पहिलो खेलमा टेष्ट राष्ट्र जिम्बावेसँग ५ विकेटको हार ब्यहोरेको थियो । नेपाल यस जितसँगै फाइनल नजिक पुगेको छ । डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ ।

खबर एक्सप्रेस