आज:  | Sat, 25, Mar, 2023

कप्तान पारस विश्वका स्टार खेलाडी

२०७६, १२ आश्विन आईतवार १७:१२ मा प्रकाशित ( ३ साल अघि) ११५९५ पाठक संख्या

कप्तान पारस खड्काले विश्व किर्तिमान मात्र बनाएनन अन्तर्राष्ट्रिय मिडियाहरुले कप्तान खड्कालाई विश्वका स्टार खेलाडीहरुसँग तुलना गरेका छन् ।टी २० मा रन चेजका क्रममा शतक प्रहार गर्ने उनी पहिलो कप्तान बनेका छन् । उनले ५२ बलमा अविजित रहँदै १०६ रन बनाए, ओपनिङ ब्याट्सम्यानका रुपमा मैदान छिरेका कप्तान खड्काले ९ छक्का र ७ चौका प्रहार गरेका थिए । ४९ बलमै शतक प्रहार गरे यो शतकमा पारसले सवैभन्दा छिटो शतक बनाउने एसियाका चौंथो ब्याट्सम्यानको कीर्तिमान बनाए । यो विश्व कीर्तिमानी शतकको आईसीसीदेखि अन्तर्राष्ट्रिय ठूला मिडियाहरुले खुलेर प्रशंसा गरेका छन् ।

यो सँगै सतक प्रहार गर्ने पारस पहिलो कप्तान पनि बनेका छन ।

खबर एक्सप्रेस