आज:  | Fri, 19, Apr, 2024

दुबईमा सडक दुर्घटना परि ६ जना नेपालीले ज्यान गुमाए

२०७६, १३ आश्विन सोमबार २२:१७ मा प्रकाशित ( ४ साल अघि) १४३२३ पाठक संख्या

दसैंको मुखमा संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सडक दुर्घटनामा परि ६जना नेपालीले ज्यान गुमाएका छन् । माइक्रोबस ट्रकसँग ठोकिदा उक्त दुर्घटना भएको बताइएको छ । मृत्यु हुनेमा कृष्णबहादुर पुन, दानबहादुर सत्याल, दीपक बिक, नयराम साउद, नारायण प्रसाद पोखरेल र रमेश चौधरी रहेका छन्। उनीहरु फस्ट सेक्युरेटी कम्पनीमा काम गर्थे।

खबर एक्सप्रेस