आज:  | Thu, 07, Dec, 2023

सभामुख कृष्णबहादुर महराको प्रेस विज्ञप्ती झुट?

२०७६, १४ आश्विन मंगलवार ०८:४० मा प्रकाशित ( ४ साल अघि) १६०२८ पाठक संख्या

सभामुख कृष्णबहादुर महराका आफ्ना प्रेस सल्लाहकारले निकालेको प्रेस विज्ञप्ती झुट भएको खुलासा भएको छ ।

मल्लले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ- सभामुखज्यू हिजो असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर बालुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ नगएको पनि म यसै विज्ञप्तिबाट प्रष्ट पार्न चाहन्छु।’

तर, पत्रकार अशोक अधिकारीको प्रश्न ‘हिजो जानुभएको हो? भन्ने प्रश्नको उत्तरमा सभामुख महराले गएको स्वीकार्दै भनेका छन् – ‘हो। म पहिले पनि गइराख्थेँ। उहाँ (महिला) मेरो साथी हो। विद्यार्थी पनि हो। अरू कुनै कारण होइन।’

यसअघि हाम्रा कुरा डटकमले लिएको भिडियो अन्तर्वार्ताको ७ मिनेट ८ सेकेन्डमा msir को नाममा शेभ गरिएको ९८५१११६४५६ नम्बरबाट फोन कल आउँछ। उताबाट ‘सामान्य घटना हो’ भन्ने आवाज सुनिन्छ। पुन: यही फोनबाट फेरि कल आउँछ। त्यसपछि रोसनीले भन्छिन्- ‘म मिडियासँग कुरा गरिराखेको छु, शरीरमा निलडाम छन्, अझै सामन्य घटना भन्नु हुन्छ?’

अधिकारीले थप पुष्टि गर्न फेरि सोधे- ‘हिजो जानुभएको रहेछ, सँगै रक्सी खानुभएछ?’ यस प्रश्नको उत्तरमा पनि उनले भनेका छन्- ‘हो। तर, त्यसरी अरू कुरा केही भएको होइन।’

सभामुख महराले नै हिजो (घटना भएको दिन) रोशनी शाहकोमा गएको स्वीकार गरेपछि उनका प्रेस सल्लाहकारले जारी गरेको प्रेस विज्ञप्ति नै झुटो भएको सजिलै भन्न सकिन्छ।

यसअघि हाम्रा कुराले सार्वजनिक गरेको भिडियो अन्तर्वाताको ७ मिनेट ८ सेकेन्डमा msir को नाममा शेभ गरिएको ९८५१११६४५६ नम्बरबाट फोन कल आउँछ । उताबाट ‘सामान्य घटना हो’ भन्ने आवाज सुनिन्छ । पुन: यही फोनबाट फेरि कल आउछ । त्यसपछि रोसनीले भन्छिन्- ‘म मिडियासँग कुरा गरी राखेको छु, शरीरमा निलडाम छन्, अझै सामन्य घटना भन्नु हुन्छ? ’

त्यो नम्बर सभामुख महराकै भएको पुष्टि भयो। 

यसरी अर्को कोणबाट पनि सभामुखले प्रेस सल्लाहकारमार्फत् जारी गरेको प्रेस विज्ञप्ति झुटो थियो भन्ने पुष्टि हुन्छ। 

खबर एक्सप्रेस