आज:  | Fri, 01, Dec, 2023

बडा दशैंको आज तेस्रो दिन

२०७६, १४ आश्विन मंगलवार १०:१४ मा प्रकाशित ( ४ साल अघि) १५०६७ पाठक संख्या

नेपालीहरुको ठुलो चाड बडा दशैंको तेस्रो दिन विभिन्न शक्तिपीठहरुमा माता भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिन्छ।

नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज चन्द्रघण्टाको पूजा गरिन्छ । पूजा आजाका लागि बिहानैदेखि शक्तिपीठमा श्रद्धालु भक्तजनहरुको ठुलो भीड लागेको छ ।

नवरात्रको अवधिभर विभिन्न देवी देवता र शक्तिपीठहरुमा एक चित्त र एकाग्र भइ ब्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । हिन्दु धर्मालवम्वीहरुले विधिपूर्वक घर घरमा घटस्थापना गरेसँगै नवरात्र शुरु भएको हो । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।

नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

खबर एक्सप्रेस