आज:  | Tue, 26, Sep, 2023

अनुगमन टोलीले कालीमाटीस्थित प्याज गोदाममा छापा मारेको छ

२०७६, १४ आश्विन मंगलवार १४:१३ मा प्रकाशित ( ३ साल अघि) १५४३९ पाठक संख्या

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाए सँगै नेपाली बजारमा प्याजको भाउ आकासिएको छ । बजारमा प्याजको मूल्य अत्याधिक बढेको सूचनाका आधारमा कालीमाटी स्थित प्याज भण्डार गरीएको गोदाममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले कालीमाटीस्थित प्याज गोदाममा छापा मारेको छ ।

व्यापारीले मौज्दात मै रहेको प्याजको मूल्य बढाएर बिक्री गरेको हो वा उनको खरीद मूल्य नै बढी परेको हो भन्नेमा अनुसन्धान भइरहेको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए। अनुगमन टोलीले खरीद, बिक्री तथा मौज्दात विवरणसहित ती व्यापारीलाई विभागमा उपस्थित हुन निर्देशन दिएको छ । अस्वभाविकरुपमा वृद्धि भएको प्याजको भाउले जनजीवन प्रभावित पारेको पाइएपछि विभागको टोली अनुगमनमा गरेको हो ।

हालका केही दिनमा अनुगमनमा जादा व्यापारीहरुले अवरोध गर्ने क्रम बढेकोले विभागले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी लिएर कालीमाटी स्थित तरकारी बजार पुगेको थियो। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाए सँगै नेपाली बजारमा प्याजको भाउ अस्वभाविकरुपमा वृद्धि भएको हो ।केही दिनअधिसम्म प्रतिकिलो रु १०० मा बिक्री भइरहेको प्याजको खुद्रा मूल्य आज कालीमाटी बजारमा रु १४५ प्रतिकिलो पुगेको छ। दशैंको मुखमा प्याजको भाउ एकाएक वृद्धि हुँदा नागरीक मारमा परेका छन् ।

 

खबर एक्सप्रेस