महिलामाथि यौन दुव्र्यवहारको आरोपपछि समामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको राजनीतिक भविष्य अन्योलमा परेको छ।
आफ्नै कार्यालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले आइतबार राति आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लागएपछि नेकपाले नै उनलाई सभामुख र संसद दुबैबाट राजीनामा दिन लगाएको थियो।
आजको नागरिक दैनिकको समाचार अनुसार प्रधानमन्त्री केपी ओलीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएका थिए। खनालसँग ओलीले घटनाको सबै विवरण लिएका थिए। उनले महरा ती महिलाको कोठामा जाने रुटको सिसिटिभी फुटेज समेत मगाएर हेरेका थिए। त्यो फुटेज प्रधानमन्त्री ओली, हेर्दा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेकपाकै चौथो वरियताका नेता माधवकुमार नेपालले समेत हेरेपछि प्रधानमन्त्री निवासमै महरालाई बोलाएर छलफल गरेका थिए।