आज:  | Sat, 25, Mar, 2023

अन्तर्राष्ट्रिय सञ्चार संस्थाले महराको समाचार प्रमुखताका साथ प्रकाशन गरे

२०७६, १५ आश्विन बुधबार १२:५५ मा प्रकाशित ( ३ साल अघि) १२३०८ पाठक संख्या

बलात्कारको आरोप लागेका कृष्णबहादुर महरालाई विदेशी सञ्चार संस्थाले पनि प्रमुखताका साथ समाचार प्रकाशन गरेका छन् । 

द न्यूयोर्क टाइम्सले नेपालका सभामुखमाथि बलात्कारको आरोप शीर्षकको समाचार छापेको छ । टाइम्सले मादक पदार्थ सेवन गरेर महिलाको कोठामै गएर बलात्कारको प्रयास गरेको उल्लेख गरेको छ । प्रहरीले उक्त विषयमा प्रतिक्रिया दिन नमानेको र महराको सचिवालले आरोपको खण्डन गरेको समाचारमा छ ।

त्यस्तै, द वासिङटन पोस्टले सभामुख महरालाई बलात्कार आरोप शीषर्कमा समाचार प्रकाशन गरेको छ ।पोस्टले लेखेको छ, ‘नेपालको ठूलो दलको शीर्ष नेता एवम् संघीय संसद्का सभामुख कृष्णबहादुर महराले सरकारी जागिरे एक महिलामाथि बलात्कारको प्रयास गरेका छन् ।’

सनहेराल्ड डटकमले पनि महराबारेको समाचारलाई प्राथमिकताका साथ छापेको छ । सनहेराल्डले महिलाको श्रीमान घर नभएको बेला महरा पुगेको र जबरजस्ती करणीको प्रयास गरेको उल्लेख गरेको छ । 

एएनआई न्यूज डट इनले ‘नेपालको तल्लो सदनका सभामुखलाई बलात्कार आरोप’ शीर्षकको समाचार छापेको छ । एएनआईले तल्लो सदनका सभामुख कृष्णबहादुर महराले संघीय संसद्को सचिवालयमा काम गर्ने महिलालाई बलात्कारको प्रयास गरेको उल्लेख गरेको छ ।  

त्यस्तै, बिजी डेली, वासिङटन टाइम्स, डेली न्यूज डटकमलगायत समाचार संस्थाले पनि महराको समाचारलाई स्थान दिएका छन् । 

खबर एक्सप्रेस