आज:  | Thu, 28, Sep, 2023

महराको नयाँ राजीनामा आएसँगै सूचना टाँस र सचिवालयको वेवसाइटबाट नाम समेत हटाइयो

२०७६, १५ आश्विन बुधबार २३:३० मा प्रकाशित ( ३ साल अघि) ११६८८ पाठक संख्या

बलात्कारको आरोपपछि सभामुख पदबाट छानबिन प्रक्रिया नसकिंदासम्मका लागि’ राजीनामा दिएकोमा फेरी दोस्रो राजीनामा पत्र उपसभामुखलाई बुझाएका छन् तर उत दोस्रो राजीनामा पत्रमा पनि सांसद भने त्यागेनन्। संसद सचिवालय स्रोतका अनुसार महराले मंगलबार दिएको राजीनामा पत्र सच्याउँदै हिजो कै मितिमा अर्को राजीनामा पत्र बुझाएका छन स्रोतका अनुसार महराले नयाँ राजीनामा पत्रमा ‘नैतिकताका आधारमा आजकै मितिदेखि राजीनामा दिएको छु’ भनेर राजिनामा पत्रमा उल्लेख गरेका छन्।

महराले नयाँ राजीनामा पत्र आएसँगै संघीय संसद सचिवालयले राजीनामाको सूचना टाँसेको छ। महराले सांसद पदबाट राजीनामा नदिए राजनीतिक दलसम्बन्धी ऐनको दल त्यागसम्बन्धी व्यवस्थामार्फत् महरालाई हटाउने चेतावनी नेकपाले दिइसकेको छ। महराले राजीनामा दिएसँगै उनको नाम संघीय संसद सचिवालयको वेवसाइटबाट समेत हटाइएको छ। नेकपाका एक नेताका अनुसार महराले सांसद पदबाट मुक्त हुन फेरि अर्को राजीनामा दिनु पर्ने बताए।
‘उहाँले सांसद पदबाट पनि राजीनामा दिनुपर्छ नदिए पार्टीले उहाँलाई सांसदको हैसियतमा व्यवहार गर्दैन, उनले भने।

खबर एक्सप्रेस