नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धका राजकुमार क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकबाट हटाएको छ स्रोतका अनुसारउनलाई चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणको सूचनालाई चुहाएको आरोप लागेको छ सोही कारण उनलाई कारबाही स्वरुप महाप्रवन्धकबाट हटाएको छ ।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलको भनाईका अनुसार यो नियमित प्रशासनिक प्रक्रिया अनुसार विमानस्थलको नेतृत्वमा हेरफेर भएको बताएका छन् । अहिले सुरेशमान सिंहलाई निमित्त महाप्रवन्धक जिम्मेवारी दिइएको छ ।