आज:  | Sat, 13, Apr, 2024

नारायणी नदीमा नेपालकै सबैभन्दा लामो जलयात्रा सञ्चालनमा आयो

२०७६, १८ आश्विन शनिबार १०:५१ मा प्रकाशित ( ४ साल अघि) १९५६२ पाठक संख्या

चितवन, तनहुँ र नवलपुर जिल्लाको सिमानामा बग्ने नारायणी नदीमा ४५.५ किलोमिटर जलयात्रा सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गापा वडा नं ६ कालिखोला नजिक स्टेशन राखेर भरतपुर महानगरपालिका वडा नं १६ को काभ्रेघाटसम्म जल यातायाता शुरु भएको हो । आयुष्मा मोटरबोट कम्पनीले सञ्चालन गरेको यो जलयात्रामा नियमित दुई वटा मोटरबोट सञ्चालन हुने कम्पनीका अध्यक्ष विजयचन्द्र अधिकारीले बताउनुभयो । शुरुआती अवस्थामा दुई वटा मोटरबोट सञ्चालन गरिएको उल्लेख गर्दै उहाँले दुई महीनाभित्र एउटा ‘स्मल क्रुज’ समेत थपिने जानकारी दिनुभयो ।
सात महिना अघि नेपाल सरकारबाट अनुमति पाएर मोटरबोट सञ्चालनमा आएको यस कम्पनीले अहिले १४ सिट र १० सिट मोटर बोटबाट यात्रा शुरु गराएको छ। आउँने वर्षसम्म करीब पाँच करोडसम्मको लगानीम गर्ने योजना रहेको यो कम्पनीले पुषसम्म ४० ‘सिट भएको स्मल क्रुज’ सञ्चालन गर्ने बताएको छ ।
कम्पनीले दृश्यावलोकनका लागि लक्षित गर्दै दुई तलाको ‘स्मल क्रुज’ सञ्चालन हुने सो ‘क्रुजमा लक्जरी सिट’ र माथि ‘ओपन चियर सिट’ राख्ने जानकारी गर्दै नेपालमा जल पर्यटनको माध्यमबाट आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धन गर्न मोटरबोट सञ्चालन गरिएको बताएको छ ।

नेपालका “नारायणी, कोशी, कर्णाली जस्ता ठूला नदीमा जल यात्रा सम्भव छ भनेर यो काम थालनी गरेको कम्पनीले बताएको छ जलयात्राले नेपाल भ्रमण वर्षमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन थप मद्दत पुग्ने भन्दै मोटरबोटबाट चितवनको जलवीरे झरना, ऐतिहासिक धार्मिक तीर्थस्थल देवघाट धाम, गैँडाकोटको मौलाकालिकासहित रमणीयस्थल, नारायणगढ बजार, शिवघाटजस्ता महत्वपूर्ण पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकिन्छ । नारायणी र त्रिशूली नदीमा शुरु भएको जलयात्राको दूरी बढाउनका लागि पहल भइरहेको आयोजकले जनाएको छ । पृथ्वी राजमार्गमा पर्ने फिस्लिङबाट चितवन राष्ट्रिय निकुञ्जको सिमानामा पर्ने गोलाघाटसम्मको जलयात्राको अनुमति लिनका लागि सङ्घीय सरकारसँग कुराकानी अगाडि बढाइएको छ अहिले ४५.५ किलोमिटरको जलयात्रा गर्न प्रतिव्यक्ति रु तीन हजार ५०० तोकिएको छ । जलयात्राका लागि लाग्ने शुल्कबाट एक छाक खाजा, एक छाक खाना तथा एक रात होटलमा बास बस्ने व्यवस्था गरिएको छ ।

रासस

खबर एक्सप्रेस