बिर्तामोड सरसफाइ अभियानको आयोजनामा असोज १८ गते फुलपातीका दिन कुटिडाँडा स्थित पाथीभरा मन्दिर सरसफाइ साथै डस्बिन हस्तान्तरण कार्यक्रम सम्पन्न भयो ।स्वास्थ्यका लागि सरसफाइ !सरसफाइ हामी सबैका लागी!सरसफाइ अभियान देशब्यापी बनाउ! तथा मेची महाकाली सफाइ अभियान र नेपाल भ्रमण बर्ष २०२० सफल पार्ने यो कार्यक्रम आयोजना गरेको बिर्तामोड सरसफाइ अभियानका संयोजक बिष्णु आचार्यले जानकारी दिनु भएको छ ।
विभिन्न माध्यमबाट स्रोत खोजेर युबाहरु ले यस काम गरेको र सरसफाइ सम्बन्धि जनचेतना फैलाएको युबा तथा झापा बाट ताप्लेजुङ् पाथीभरा सम्म पैदलयात्री हल्दिबारी १ निबासी नितेश ओलि ले जानकारी दिनु भएकोछ ।
कार्यक्रममा चिल्ड्रेन गार्डेन स्टुडेन्टस क्रिएटिभ फोरमका अध्यक्ष हल्दिबारी का जुझारु युबा अबिशेक खतिवडा (अबि),पहिलो पाइला झापा शाखा का अध्यक्ष मदन ओलि ,दारी ग्याङ्ग झापा का अमृत शर्मा ,बिर्तामोड सरसफाइ अभियान का अग्रज अभियन्ता भरत बस्नेत ,दिपलाइट बास्कोटा , रामचन्द्र मैनाली ,नितेश ओलि जस्ता युबाहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो।