आज:  | Sun, 02, Apr, 2023

महरालाई पक्राउ गर्ने तयारी

२०७६, १९ आश्विन आईतवार ०९:४४ मा प्रकाशित ( ३ साल अघि) १४०१३ पाठक संख्या

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा रोशनी शाहीले किटानी जाहेरी दिए सँगै आज प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गरेर पक्राउ गर्ने तयारी भइरहेको स्रोतले उल्लेख गरेको छ ।

अपराध संहिता २०७५ अनुसार बलात्कार गरेको प्रमाणित भए महरामाथि ७ देखि १० वर्ष कैद सजाय हुनेछ भने बलात्कारको प्रयास गरेको प्रमाणित भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । रोशनीले डिप्रेसनको औषधि सेवन गर्दै आएकी छन् । अपराध संहिताअनुसार अस्वस्थ महिलालाई बलात्कार गरेको प्रमाणित भए थप ५ वर्ष सजाय हुनेछ ।

खबर एक्सप्रेस