आज:  | Thu, 18, Apr, 2024

बडा दशैंको आज नवौं दिन

२०७६, २० आश्विन सोमबार २०:१७ मा प्रकाशित ( ४ साल अघि) १५७८० पाठक संख्या

बडा दशैंको आज नवौं दिन आज सिद्धिदात्रीको पुजा गरि मनाइयो छ । नौ दिनसम्म गरेको नवरात्र विधि यो तिथिमा सम्पन्न गर्ने प्रचलन रही आएको छ । नवदुर्गाको प्रसाद भने दशमीको बिहान लगाउने परम्परा छ। नवमीमा भगवती दुर्गाको नवौं रूप सिद्धिदात्रीको पूजा–आराधना साथै सिद्धि प्रदान गर्ने देवीको उपासनाले भक्तजनले सिद्धि प्राप्त गर्दछन् भन्ने भनाई छ । चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी देवीको स्वरूपमा आराधनाले मनोरथ पूर्ण हुने विश्वास गरिन्छ। महानवमीमा अघिल्लो रात गरिएको कालरात्रिको पूर्णताका लागि हवन गर्ने यो दिन खिर, तिल र घिउ मिश्रित चरु देवीलाई हवन गरिन्छ। नवमीमा पनि शक्तिपीठ तथा दशैंघरहरूमा पशुबलि दिने परम्परा पनि छ। शाकाहारीहरूले भने घिरौंला, कुभिण्डो र नरिवलजस्ता वस्तु बलि दिन्छन्।
महानवमीका दिन आज तलेजुको मन्दिर सर्वसाधारणका लागि खुल्छ भएको थियो भने सर्वसाधारणको ठुलो भिड लागेको थियो आज दुर्गाका नौ रुपका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ। देवीका तीन रूपमध्ये महाकालीलाई शक्तिको स्वरूप मानिएको छ। महाकालीको आराधनाले शक्ति प्राप्ति हुने विश्वास गरिन्छ। समृद्धिको कामना गरेर महालक्ष्मीको पूजा आराधना गरिन्छ। विद्या, बुद्धि प्राप्तिका लागि महासरस्वतीको उपासना गरिन्छ।

खबर एक्सप्रेस