आज:  | Fri, 29, Mar, 2024

ठुला साना कसैलाई छाडिन्न : प्रधानमन्त्री

२०७६, २० आश्विन सोमबार २०:५८ मा प्रकाशित ( ४ साल अघि) १६०९० पाठक संख्या

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो गृह जिल्ला झापाको दमकमा आयोजीत विजया दशमी, शुभ–दिपावली, छठ पर्वको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै यदी कसैले पनि आफ्नो ब्यबहार र आचारणमा तलमाथी परे सानो ठुलो नभनी कसैलाई पनि नछाडिने जसलाई पनि कारवाही गरिने बताउनु भएको हो ।

कसैको पनि केही आचरणमा तलमाथी पर्यो भने छाडिन्न ठुला सानाको मतलब छैन, आचरण र व्यवहारको मतलब छ, उहाले भन्नुभयो, अझ कोही भ्रष्ट हुन्छ भने जुनसुकै पदमा बसेको भएपनि भ्रष्टमाथी झन कडा कारवाही हुन्छ भन्दै गृहनगरमा भएको चियापानमा उपस्थित नेता कार्यकर्तालाई उहाले मतदाताको शिर ठाडो हुने गरी काम गर्ने प्रतिवद्धता समेत दोहोयाउनु भयो ।
प्रधानमन्त्रीले देश र जनताका हितका लागि निष्ठापूर्वक अगाडी बढ्ने बताउदै तपाईहरुको शिर ठाडो बनाउने काम गर्छु भन्दै उहाले आफुले नाफाको जिन्दगी बाँचिरहेकाले पनि आफु कहिले पनि नबिग्रिने स्पष्ट पार्नुभयो । म पहाडको घरमा जन्मिएको गाइब्राखा चराउदै, भात पकाउदै भाडा माझ्दै खाली खुट्टा स्कुल गएको ब्यति हु म धेरै पटक मरेर बाँचेकोले मेरो जिन्दगीलाई सदुपयोग गरी देश र जनताका लागि काम गर्ने बताउनु भयो

खबर एक्सप्रेस