आज:  | Sun, 02, Apr, 2023

पूर्वराजाको हातबाट राप्रपा अध्यक्ष कमल थापाले दसैँको टिका थापे भिड थामी नसक्नु

२०७६, २१ आश्विन मंगलवार २१:०८ मा प्रकाशित ( ३ साल अघि) १०४४८ पाठक संख्या

हरेक बर्ष विजया दशमीको दिन सर्वसाधारणलाई टीका लगाउँदै आएका पूर्वराजाले यस पटक पनि महाराजगञ्जस्थित निर्मल निवासमा सर्वसाधारणलाई बडा दसैँको टीका लगाइदिएका हुन् । यसपटक भने टीका ग्रहण गर्ने सर्वसाधरणको ठुलो भीड लागेको थियो । पूर्व राजाले हरेक वर्ष वडा दसैँको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन् । हिन्दुहरुको महान चार्ड बडादसैँको अवसरमा पूर्वराजको हातबाट टीका लगाउनेको निर्मल निवासमा भिड लागेको थियो ।

पूर्वराजको हालबाट टिका लगाउन राप्रपा अध्यक्ष कमल थापा लगायतका नेता कार्यकर्ता, पूर्वमन्त्रिहरु, बहालबाला अधिकृतहरु लगाएत सर्वसाधारणका साथै राष्ट्रसेवक प्रहरी तथा कर्मचारीहरु समेत निर्मल निवास पुगेका थिए ।

खबर एक्सप्रेस