चिनका राष्ट्रपति सी चिनफिङ शनिबार वा आइतबार नेपाल भ्रमणमा आउन सक्ने सम्भावना रहेको बुझिएको छ । राष्ट्रपति सी १२ अक्टोबरमा भारतको भ्रमण पूरा गरी उतै बाट नेपाल भ्रमणमा आउने सम्भावना रहेको भन्दै सरकारको उच्च तहलाई सोही अनुसार जानकारी आएको बताइएको छ ।
सी को भारत भ्रमणको औपचारिक मिति आज सार्वजनिक हुने उल्लेख गर्दै भारतिय ऐजेन्सीले बताएका छन् । यदी उनी शुक्रबार र शनिबार भारतमा रहनेछन् । शनिबार साँझ या आइतबार विहान सी नेपाल आउने सम्भावना रहेको छ ।
यता परराष्ट्र मन्त्रालयमा उनको सम्भावित भ्रमण मितिको जानकारी आइसकेको भएता पनि सुरक्षा संवेदनशीलताई हेरी मिति खुलाइएको छैन ।
सी केही घन्टाका लागि मात्र नेपाल रहनेछन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग महत्वपूर्ण भेटवार्ता गर्नेछन् ।
राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गरेको खण्डमा दुई दशकपछि नेपाल भ्रमण गर्ने चिनियाँ राष्ट्रपति हुनेछन् ।