आज:  | Sun, 03, Dec, 2023

वारको एक हप्ताको कलेक्शन २१५ करोड पार

२०७६, २२ आश्विन बुधबार ०९:४० मा प्रकाशित ( ४ साल अघि) १४८८१ पाठक संख्या

रितिक रोशन र टाइगर श्राफको फिल्म वारले बक्स अफिसमा कलेक्शन २१५ करोड पार गरेको छ । फिल्मले अग्रिम बुकिंगमा नै ३२ करोड कमाई गरेको थियो । रिलिज भएको एक हप्ता पार गर्दा पनि यो फिल्मको गति रोकिएको छैन। दर्शकले रितिक रोशन र टाइगर श्राफ लाई अत्याधिक रुचाईएको पाईएको छ ।
फिल्मको एक हप्ताको ब्यापार पहिलो दिन कमाईको ५१.६० करोड (हिन्दी) १.७५ करोड (तामिल र तेलुगु ), दोस्रो दिनमा २३.१० करोड (हिन्दी) १.२५ करोड (तामिल र तेलुगु ), तेस्रो दिनमा २१.३० करोड (हिन्दी) १.१५ करोड (तामिल र तेलुगु ), चौथो दिनमा २७.६० करोड (हिन्दी), पाँचौं दिनमा ३६.१० करोड (हिन्दी) , छैठौं दिनमा २०.६० करोड (हिन्दी) र सातौं दिनमा २७ देखी २८ करोड (हिन्दी) बिजनेस गर्दै २१५ करोड पार गरेको छ । नेपालमा पनि धमाकेदार बिजनेस गरीरहेको यो सिनेमाले नेपालको ठुलो संजाल भएको त्तँह् मा अहिले पनि ३१ शो पाईरहेको छ ।

खबर एक्सप्रेस