माननीय काेमल ओलिले अष्ट्रेलियाकाे व्रिसबेनमा आयाेजित “नेप्लिज दशै तिहार फेस्टिभल ” काे पानसमा द्विप प्रज्वलन गरी समुदघाटन गर्नु भएकाेछ !
समुदघाटन मन्तब्य राख्दै त्यस सांसद ओलिले विदेशमा बसेर पनि हाम्रा महत्वपुर्ण चाडवाडका अवसरमा यसप्रकारका कार्यक्रम गर्नु भएकाेमा सबैलाई शुभकामना दिदै आयाेजकलाई धन्यवाद दिनु भयाे !
माननीय ओलिले विदेशमा आफ्नो परम्परा र पहिचानलाई जाेगाउनु र पुस्तान्तरण गर्नु आजको आवश्यकता भएकाे जाेडदिनु भयाे ! वहाँले यस प्रकारका कार्यक्रमले अष्ट्रेलीयामा हुर्कीरहेका हाम्रा बालवालिकाहरुलाई आफ्नो संस्कृति र संस्कार बारे राम्राे ज्ञान मिल्ने उल्लेख गर्नु भयाे ! वहाँले अब नेपाल सम्बृद्धीकाे बाटाेमा अघि बढेकाेले देश बनाउने अभियानमा तपाइहरुपनि सहभागि हुनु आउनुहाेस भन्नु भयाे !
माननीय ओलिले विदेशमा रहेकाे नेपाली डायसपाेराले नेपालकाे विकासमा पुर्याएकाे याेगदानकाे सरकारले कदर गरेकाे जानकारी दिनुभयाे !
त्यस अवसरमा NRNA अष्ट्रेलियाका उपाध्यक्ष उमेश खड्काले सांसद ओलिले राष्ट्रिय सभामा देश र जनताकाे पक्षमा खेल्नु भएकाे भुमिकाबाट आफु ज्यादै प्रभावित भएकाे बताउनु भयाे ! वहाँले जहाँ रहे पनि एकपटककाे नेपाली सँधैकाे नेपाली हुने हुनाले आफ्नो कला र संस्कृतिकाे संरक्षण गर्ने बताउनु भयाे !
नेपाली कम्युनिटी क्विन्सल्याण्डका अध्यक्ष अमृत पाैडेल लगायतका वक्ताहरुले विदेशमा रहेका नेपालीलाई आफ्नो चाडवाड भाषा, भेष भुषाकाे धेरै माया लाग्ने भएकाेले यसप्रकारकाे कार्यक्रमकाे आयोजना गर्ने गरेकाे उल्लेख गर्नु भयाे !
नेप्लिज फेस्टीभलमा दशैंकाे सामुहिक टीका, देउसी भैलाे , फेसन साे, भजनकृतन गायन, लाेकनृत्यहरु र नेपालबाट गएका चर्चित कलाकारहरु प्रमाेद खरेल, कमल खत्री संजिव पाैडेल लगायत अष्ट्रेलियामा रहेका कलाकारहरुले गीत संगीत प्रस्तुत गरेका थिए, विभिन्न प्रकरका नेपाली खानाकाे परिकारहरुकाे फुडस्टल पनि रहेका थिए !