आज:  | Tue, 16, Apr, 2024

टी–२० क्रिकेटमा नेपालको पहिलो हार

२०७६, २२ आश्विन बुधबार १४:५२ मा प्रकाशित ( ४ साल अघि) १९१९० पाठक संख्या

टी–२० क्रिकेट ओमानमा जारी छ आज नेपालले आयरल्याण्डसँग तेस्रो पहिलो हार व्यहोरेको छ । आयरल्यान्डले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १३२ रनमा अलआउट भयो । एक समय नेपाल निकै सुदृढ अवस्था खेलेको थियो । १० ओभरसम्म एक विकेट मात्र गुमाएर ७३ रन जोड्दा जितको आशा गरेपनी लगातार तीन बलमा तीन विकेट गुमाएपछि नेपालको ब्याटिङ धराशयी भयो,  दुई म्याचमा जित हासिल गरेको नेपाल आयरल्यान्डसँग १३ रनले पराजित भएको हो । 

आयरल्याण्डले प्रतियोगिताका तीनमध्ये दुई खेलमा जित हात पारेको छ । एक दिवसीय वरियताको ११ औ स्थानमा र टेष्ट वरियताको १२औ स्थानमा रहेको आयरल्याण्ड टी–२० को वरियतामा भने नेपालभन्दा पछाडि छ ।नेपाल र आयरल्याण्डले टी–२० क्रिकेटमा यसअघि एक पटक मात्र खेलेका छन् । सन् २०१५ मा भएको त्यो खेलमा नेपाल आयरल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । टी–२० क्रिकेटको नयाँ वरियतामा नेपालको स्थान यथावत रहेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जनाएको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ११ औं स्थानमा यथावत छ ।

खबर एक्सप्रेस