आज:  | Thu, 28, Mar, 2024

चिनका राष्ट्रपतिको स्वागतका लागि काठमाडौंलाई चिटिक्क पारिदै

२०७६, २३ आश्विन बिहीबार २२:३५ मा प्रकाशित ( ४ साल अघि) १५०३६ पाठक संख्या

चिनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि काठमाडौंलाई चिटिक्क पारिदै छ ।
वहाँ ओर्लने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि सी बस्ने होटल सोल्टीसम्मका सडकहरु कालोपत्रे सँगै सडक पेटीहरु रंगरोगन सडक छेउछाऊमा फूल तथा बिरुवा रोपिएको छ भने सडकको दुई छेउमा रहेका बिजुलीका पोलहरुमा राष्ट्रपति विद्यादेवी भण्डारी र सीको फोटो झुण्ड्याइएको छ । ठाउँ ठाउँमा स्वागतद्वारले झकि झकाऊ बनाइएको छ ।
चिनका राष्ट्रपति सी २५ गते शनिबार काठमाडौं आउदै छन् नेपालमा चिनका राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको यो भ्रमणलाई ऐतिहासिक बनाउन सरकार जोडतोडका साथ लागीरहेको छ ।

खबर एक्सप्रेस