आज:  | Fri, 01, Dec, 2023

शनीबार र आईतबार सकभर सडकमा गाडी नचलाऊ: ट्राफिक प्रहरी

२०७६, २४ आश्विन शुक्रबार १८:३३ मा प्रकाशित ( ४ साल अघि) १५८११ पाठक संख्या

चिनियाँ राष्ट्रपति सी चिनफिङको भोली हुने भ्रमणलाई लिएर ट्राफिक प्रहरीले चक्रपथभित्र हेभी सवारीसाधनलाई प्रवेश निषेध गरेको छ । राष्ट्रपति सीको सवारीका क्रममा सर्वसाधारणका सवारीलाई पनि निषेध गर्ने निर्णय गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले कतै निस्किन जरुरी भए मात्र सवारीसाधनको प्रयोग गरी सहयोग गर्न अनुरोध गर्दै जरुरी काम नभए सवारीसाधन लिएर ननिस्किए सर्वसाधारणलाई अनुरोध गर्दै ट्राफिक प्रहरी महाशाखाले ७ बुँदे अपिल जारी गरेको छ ।
अपिलमा पुराना, विग्रिएका र ढिलो चल्ने सवारीसाधान नचलाइदिन पनि सर्वसाधारणलाई अनुरोध गरेको छ भने सकभर भित्री बाटोको प्रयोग गर्न सुझाव दिएको छ ।
राष्ट्रपति सीको सवारीको समयमा भने यातायात मुभमेन्ट पूर्ण निषेध गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

खबर एक्सप्रेस