आज:  | Thu, 07, Dec, 2023

कसको सरकार छ, पक्ष विपक्ष नहेरिकन, कसैको कुरा नमानी काम गर्नु : प्रधानमन्त्री

२०७६, २४ आश्विन शुक्रबार १९:१२ मा प्रकाशित ( ४ साल अघि) १६८०३ पाठक संख्या

प्रधानमन्त्री केपी शर्मा ओलीले ६४औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजीत बिशेष कार्यक्रममा सम्बोधन गर्दै प्रहरीलाई निष्पक्ष ढंगले अनुसन्धान गर्न कसैको दबाब दिन नहुने बताएका छन् ।
प्रहरीले कसको सरकार छ, ब्यक्तिको पद र सम्पत्ति हेरेर ब्यति पक्राउ गर्ने होइन भन्दै आफ्नै पार्टीका उच्च नेता तथा पुर्व सभामुख कृष्णबहादुर महराप्रति लक्षित गर्दे भने कानुन अनुसार के कसुर गरेको त्यो अनुसार पक्राउ गर्ने हो। त्यो अनुसार कार्बाही हुने हो भन्दै प्रधानमन्त्री ओलीले प्रहरीले कसले अपराध गर्यो त्यो हेर्ने काम प्रहरीको भन्दै कसको सरकार छ भनेर वास्ता गर्ने होइन प्रहरीले पक्ष विपक्ष नहेरिकन, कसैको कुरा नमानी काम गर्न उनले निर्देशन दिएका छन् ।

खबर एक्सप्रेस