आज:  | Mon, 25, Sep, 2023

जापानमा ६०वर्ष यताकै आँधी

२०७६, २६ आश्विन आईतवार १०:२१ मा प्रकाशित ( ३ साल अघि) २२४१४ पाठक संख्या

जापानमा आएको ठूलो आँधीले कम्तीमा ६ जनाको ज्यान लिएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । ६० वर्ष यताकै आँधीपछिको वर्षा र पहिरोलय जापानको बिभिन्न स्थानको जनजीवन निकै प्रभावित भएको छ ।
राजधानी टोकियोबाट दक्षिण–पश्चिममा अवस्थित इगु प्रायद्वीपमा शनिबार स्थानीय समय अनुसार साँझ ७ बजे ठोक्किएको हगिबास नामको आँधीले वर्षा र पहिरो गईरहेको जापानी सञ्चार माध्यमले जनाएका छन् । वर्षापछि आएको पहिरोले घर बगाएमा २ जनाको ज्यान गएको छ भने बाढीले घर बगाउँदा टोमिकोमा एक जना टोकियो नजिकैको सागामिहारामा एक जनाको ज्यान गएको हो । कावासकीको अपार्टमेन्ट, टोचिगी र चिवामा एक एक जनाको ज्यान गएको बताइृएको छ ।
आँधीका कारण १०० भन्दा बढी मानिस घाइते भएका छन् । उनीहरूको अस्पतालमा उपचार भइरहेको जनाइएको छ र ११ बेपत्ता भएको बताईएको छ ।
इगु प्रायद्वीपबाट सुरु आँधी पूर्वी तटमा रहेको जापानको मुख्य टापुतर्फ बहिरहेको छ । श्रोतका अनुसार २२५ किलोमिटर प्रतिघण्टा गतिमा आँधी अघि बढिरहेको छ । आँधीले जापानको अधिकांश क्षेत्रको जनजीवन प्रभावित भएकोछ । जापानी समाचार संस्था एनएचकेका अनुसार, २लाख ७०हजार घरको विद्युत् सेवा अवरुद्ध भएको छ । हवाई तथा सडक आवागमन पनि आँधीले प्रभावित पारेको छ ।
आँधीबाट थप मानवीय तथा भौतिक क्षति कम गर्न जापान सरकारले करिब ७० लाख मानिसलाई सुरक्षित स्थानमा जान सूचित गरेको छ भने आँधी प्रभावित क्षेत्रका करिब ५० हजार मानिसले घर छाडेर सुरक्षित स्थानमा अहिले आश्रय लिइरहेका छन् । सम्भावित क्षति बाट बच्न अहिले आपतकालीन चेतावनी जारी गरिएको छ ।

खबर एक्सप्रेस