आज:  | Mon, 25, Sep, 2023

चिनका राष्ट्रपति सीसँग काँग्रेसका सभापति देउवाको भेटवार्ता

२०७६, २६ आश्विन आईतवार ११:१९ मा प्रकाशित ( ३ साल अघि) १३५७९ पाठक संख्या

चिनका राष्ट्रपति सी चिनपिङसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् भेटका क्रममा राष्ट्रपति सीले नेपाली काँग्रेस पार्टीको चीनसँगको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै पार्टीले देशको बागडोर सम्हाल्दा चीन नेपाल सम्बन्धमा पुर्याएको योगदान चिनियाँ जनताले भुल्न नसक्ने बताएका थिए भने छिमेकी मित्रका रुपमा चीन र नेपाल सँधै राम्रो दाजुभाइ र मित्र भएको बताए । ‘नेपालको सत्तामा जुनै पार्टी आए पनि दुई देशबीच स्थिर र मित्रवत सम्बन्ध कायम रहनेछ, सीले बताए चिनियाँ कम्युनिस्ट पार्टी नेपाली काँग्रेससँग अझै राम्रो सम्बन्ध कायम गर्दै सहकार्य गर्न तयार रहेको बताएका छन् ।
भेटमा सभापति देउवाले नेपाली पक्षले चीनसँगको सम्बन्ध विस्तारलाई ठूलो महत्त्व दिएको बताउँदै चीनलाई नेपालको विकासमा दीर्घकालिन सहयोग र देशको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई जोगाउन गरेको प्रयासका लागि धन्यवाद दिदै देउवाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोराउँदै नेपालमा कुनै पनि शक्तिलाई कुनै प्रकारको चीन बिरोधी गतिविधि गर्न नदिने स्पष्ट पारे ।
चीनले अघि सारेको बेल्ट एण्ड रोड परियोजनाले यो क्षेत्रमा कनेक्टिभिटी प्रबद्र्धन हुने आशा व्यक्त गर्दै नेपाली काँग्रेस चीनको चिनियाँ कम्युनिस्ट पार्टीसँग मित्रवत अन्तक्रियाहरु विस्तार गर्न इच्छुक रहेको बताए ।

खबर एक्सप्रेस