बलिउडकी चर्चित अभिनेत्री अमीषा पटेललाई निर्माता अजय कुमारले २.५ करोड रुपैयाँ बराबरको चेक बाउन्सको आरोप लगाएर केश दर्ता गरेपछी राँची अदालतले पक्राउ पुर्जी जारी गरेकोछ ।
सन् २०१८ मा फिल्म ‘देसी मैजिक’ निमार्णका लागि ऋण दिएको र उक्त रकम फिर्ता माग्दा अमीषाले बहाना बाजी गर्ने गरेको अजयको आरोप छ। निर्माणपछि फिल्म व्यापारिक रूपमा पूर्ण असफल बनेपछि अजयले आफ्नो पैसा फिर्ता मागेका थिए। अमीषाले पनि २.५ करोडको चेक दिएको तर, बैंकमा उक्त चेक बाउन्स भएपछि दुई जनाबीच विगत केही समय यता मुद्दा चलिरहेको छ।
एक समयकी चर्चित अभिनेत्री अमिसाले रकम फिर्ता माग्दा अन्य व्यक्तिहरूको आड लिएर उल्टै अजयलाई नै धम्कयाउने गरेकी छन्।
राँची अदालतले पक्राउ पुर्जी जारी गरेपनि अभिनेत्री अमीषाबाट भने अहिलेसम्म कुनै पनि प्रतिकृया आएको छैन।