आज:  | Tue, 26, Sep, 2023

नेपाल भ्रमणको बेला चीनका राष्ट्रपति सी चिनपिङले हड्डी धुलो पारिदिने धम्की दीए

२०७६, २७ आश्विन सोमबार २३:०७ मा प्रकाशित ( ३ साल अघि) १५२८४ पाठक संख्या

चीनका राष्ट्रपति सी चिनपिङले नेपाल भ्रमणको बेलामा कड़ा चेतावनी दिँदै ‘चीनलाई टुक्र्याउने प्रयास गर्नेहरूको हड्डी धुलो बनाउने भनेका थिय । प्रधानमन्त्री ओलीसँग शनिबार भेटघाटको क्रममा सीले उक्त भनाइ राखेका थिए । चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले त्यो खबर सोही दिन प्रकाशित गरेको भएता पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले आज मात्र यो समाचारलाई चर्चामा ल्याएका छन् । सिन्ह्वाका अनुसार राष्ट्रपति सीले निकै कडा भाषामा चीनलाई टुक्राउने प्रयास गर्नेहरुको हड्डी धुलो बनाइदिने धम्की दिएका थिए । चीनका राष्ट्रपतिको यस चेतावनीलाई कयैन सन्दर्भमा हेरिदैछ । नेपालमा राष्ट्रपति सीको भ्रमणअघि तिब्बती स्वतन्त्रताको पक्षमा केही तिब्बती अभियानकर्मीले प्रदर्शन गर्ने प्रयास गरेका थिए । तिब्बती अभियानकर्मीहरुमाथि नेपाल सरकारले पहिले नै कारबाही अभियान चलाएको थियो ।राष्ट्रपति सीको यो बयानलाई यो सन्दर्भमा पनि जोडेर हेरिएको छ ।

राष्ट्रपति सीले धम्कीमार्फत चीनको दृष्टिकोण मात्र स्पष्ट गरिदिएका छैनन्, चीनको आन्तरिक मामिलाबाट टाढा रहन अमेरिकालाई पनि चेतावनी दिएका थिय। 

हालै अमेरिकाको रिपब्लिकन पार्टीका सिनेटर टेड क्रूजले हङकङमा पुगेर प्रदर्शनकारीप्रति चीनको व्यवहारको आलोचना गरेका थिए । उनले चीनको व्यवहारलाई क्षेत्रीय शान्तिको लागि खतरा बताएका थिए ।

खबर एक्सप्रेस