आज:  | Thu, 18, Apr, 2024

प्रदेशसभामा नेकपाबाट चुनाव लडेका दिपेन्द्रकुमार यादव पक्राउ

२०७६, २९ आश्विन बुधबार १९:३४ मा प्रकाशित ( ४ साल अघि) १४७८८ पाठक संख्या

धनुषा क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभामा नेकपाबाट चुनाव लडेका दिपेन्द्रकुमार यादव पक्राउ परेका छन् उनी जनकपुर स्थित सहयोगी विकास बैंक लिमिटेडका संचालक समिति सदस्य पनि हुन। 

किर्ते काम गरी ठगेको आरोपमा फरार रहेका यादव जनकपुर ८ बलवा टोल उनकै निवासबाट पक्राउ परेका हुन्।यादवमाथि जनकपुर १० कालाल बाबु रौनियारको धितो राखिएको जग्गाको रकमचुक्ता फिर्ता नगरेको अभियोग छ।

८ वर्षअघि रौनियारले महोत्तरीको बर्दिवास स्थित ५ कट्ठा जग्गा व्यक्तिगत रुपमा यादव कहाँ धितो राखि ५० लाख रुपैयाँ ऋण लिएका थिए। ऋण वापत यादवलाई ७३ लाख रुपैयाँ चुक्ता गरे पनि जग्गा फिर्ता नपाएपछि जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेका थिए। पीडित रौनियारको बर्दिवास स्थित रहेको ५ कठ्ठाजग्गा २ करोड ७० लाख रुपैयाँमा यादवले बेचेको दाबी गरिएको छ।  जिल्ला अदालत धनुषाले गत श्रावण १३ गते नै यादवलाई पक्राउ पुर्जी जारी गरेको थियो उनी फरार थिए। 

यादवलाई जिल्ला अदालत धनुषाबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ। उनी नेकपाका नेता पनि हुन ।

खबर एक्सप्रेस