ललितपुरमा डरलाग्दो घटना बाहिर आएको छ , मिर्गौला किनबेच तथा विक्रीमा संलग्न भएको आरोपमा ललितपुर स्थित निदान अस्पतालका सिइओ, डाक्टरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं २६ घर भएका निदान अस्पतालका सिइओ विपेन्द्र प्रधान, अस्पताल कानुन अधिकृत कुमुद कुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त र ललितपुर जिल्ला प्रशासन कार्यालयका अधिकृत रामचन्द्र आले रहेका छन्। आज पत्रकार सम्मेलन गरी ब्युरोले घटनाबारे जानकारी गराएको छ । निदान अस्पतालका कानुनी सल्लाहकार भट्टराई र जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत आले उनीहरूको मिलेमतोमा काभ्रेका एक गरीब व्यक्तिलाई नक्कली भाञ्जा बनाई रामेछाप दोरम्बा गाविस वडा नम्बर ३ घर भएका शंकरलाल लामालाई मिर्गौला विक्री गरेको प्रहरीले जनाएको छ । नक्कली व्यक्ति खडा गरी मिर्गौला लामालाई प्रत्यारोपण गराइएको थियो।
जिल्ला प्रशासन कार्यालय ललितपुरले मिर्गौला प्रत्यारोपणका लागि एकको अनुमति दिएकोमा अधिकृत रामचन्द्र आलेले अर्कै व्यक्ति खडा गराउने कागज तयार पारेका थिए। करिब तीन महिनाअघिको घटनाको सूचना पाएपछि प्रहरीले अनुसन्धान गरीरहेको थियो मिर्गौला कसको झिकिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन।
मिर्गौला दिने व्यक्ति र लिने व्यक्ति आफन्त हुनुपर्छ र स्वीकृतिको कागजात तयार भएपछि मात्र मिर्गौला प्रत्यारोपणको प्रक्रिया अघि बढ्छ तर आलेले नक्कली आफन्त खडा गरेर कागज तयार पारेको प्रहरीको आरोप छ। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार अनुसन्धान तथा कारबाही थालिएको प्रहरीले जनाएको छ।