आज:  | Mon, 25, Sep, 2023

एमबिबिएस र बिडिएस अध्यापन शुल्क बढयो

२०७६, १ कार्तिक शुक्रबार १८:२९ मा प्रकाशित ( ३ साल अघि) १४३२३ पाठक संख्या

एमबिबिएस र बिडिएसको शुल्क निर्धारण गर्न चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एमबिबिएस र बिडिएसको अध्यापन शुल्क बढाएको छ। आयोगले बिहीबार एमबिबिएस र बिडिएसको शुल्क निर्धारण गर्दै पहिलाको शुल्कमा बढाएर थप गरेको हो ।
अब नयाँ शुल्क उपत्यकाका मेडिकल कलेजमा एमबिबिएसमा ४० लाख २३ हजार २ सय ५० र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ र बिडिएस तर्फ उपत्यकामा २० लाख १९ हजार ५ सय ८० रुपैयाँ र उपत्यका बाहिर २० लाख १९ हजार ५ सय ८० रुपैयाँ लाख रुपैयाँ तोकेको छ।
सरकारले शैक्षिक सत्र २०७५र०७६ मा उपत्यकामा एमबिबिएस ३८ लाख ५० हजार रुपैयाँ र उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ, बिडिएस उपत्यकामा १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ निर्धारण गरेको थियो। आयोगले नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७५ को मुद्रास्फितिका आधारमा नयाँ शुल्क कायम गरिएकाले केही बढेको दाबी गरेको छ। चिकित्सा शिक्षामा पहिला तोकिएको शुल्क नै बढी भएको ब्यापक गुनासो हुदै आएको छ ।
अझ त्यसमा मेडिकल कलेजहरूले तोकिए भन्दा बढी शुल्क उठाईरहेका छन् जसको मारमा विद्यार्थीहरू परिरहेका छन् फलस्वरुप विद्यार्थीहरूले आन्दोलन गर्दै आईरहेका छन्।

खबर एक्सप्रेस