आज:  | Fri, 01, Dec, 2023

एनआरएनएको सम्मेलन नेपालमा नहुने,एयरपोर्टदेखी होटलसम्म प्रतिनिधिले मच्चाए बितण्डा

२०७६, १ कार्तिक शुक्रबार १९:१२ मा प्रकाशित ( ४ साल अघि) १४८१९ पाठक संख्या

गैरआवासीय नेपाली संघ को नवौं सम्मेलनबाट अध्यक्ष पदमा कुमार पन्तले आफ्ना प्रत्यासी कुल आचार्यलाई एक सय ४७ मतान्तरले पराजित गर्दै बिजयी भए । अध्यक्ष पन्तले यसपटक नेताहरु होटल होटलमा आएर कोठा कोठामा आएर संस्थामाथी राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।
‘हामी संस्थालाई राजनीतिकरण गर्न चाहदैनौ भन्दै बिजयी भएपछि पत्रकारहरूसँग प्रतिक्रिया दिदै उनले अबदेखि नेपालमा गैरआवासीय नेपाली संघ अधिवेशन गर्दैनौं भनेका छन् । उनले भने अब अनलाइन भोटिङ गर्छौं, प्रतिनिधिले मात्र होइन साधारण सदस्यहरूले नै भोट गर्ने व्यवस्था मिलाउँछौं भन्दै नेपाल अदक्ष कामदार पठाउने देशको रूपमा अहिलेसम्म चिनिन्छ अबदेखी दक्ष कामदार तयार गर्नका लागी हामी सघाउँछौं जान्छौं भन्ने उदघोष गरे ।
उनले श्रमिक कल्याणकारी कोषको रकम वृद्धि गर्ने भन्दै नेपालमा लगानी भित्र्याउन संयुक्त लगानीको अवधारणा खाँचो रहेको बताएका छन् ।
स्मरण रहोस् यसपटक गैरआवासीय नेपाली संघका प्रतिनिधीले सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका प्रतिनिधि रमेश थापा लगायतको टिमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो लाइनमा बस्नु परेको सिस्टम राम्रो नभएको र दुःख पाइएको भन्दै कर्मचारीसँग झगडा सहित डेस्कको सीसा समेत उनले फुटाएपछि अध्ययागमनले नियन्त्रण लिई थापालाई ५० हजार रुपैयाँ धरौटी लिएर र अर्को टिम सदस्यलाई २५ हजार रुपैयाँ जरिवाना लियो सम्मेलनको दोस्रो दिन बुधबार त सम्मेलनस्थल हायात होटलमा दुई पक्षका प्रतिनिधिहरुले हुलदंगा मच्चाए, नाराजुलुस गरे र कुर्सी भाच्ने समेत काम भयो ।
सम्मेलनका प्रतिनिधी बसेका अधिकांश होटलमा रक्सी मातेर विदेशमा बस्ने नेपालीहरुले त्यहाँको उदाहरण दिँदै नेपालभित्रको बेथिति र अनुशासनहीनता बारे निकै होहल्ला गरेको साथै गालीगलौचहरु गरेको रिपोर्ट पनि प्राप्त भै रहेको छ तर उनीहरु आफैंले चाहिँ विदेशमा बसेर के सिके त भन्ने गम्भीर प्रश्न खडा भएको छ यस पटक नवौं सम्मेलनका क्रममा आएका प्रतिनिधिहरुले देखाएको तमासा हेर्दा लाजमर्दो स्थिति देखिएको छ भने कतिपय प्रतिनिधिले भने केही ब्यतिको कारणले आफूहरु बदनाम भएको बताएका छन् ।

खबर एक्सप्रेस