आज:  | Mon, 25, Sep, 2023

अब सुख्खायाममा पनि बागमती नदीको बहाव स्थिर हुने

२०७६, २ कार्तिक शनिबार २२:०८ मा प्रकाशित ( ३ साल अघि) २९५४४ पाठक संख्या

बागमती सफाई महाअभियान संचालन भएको करिब ७ बर्ष भएको छ यो महाअभियानमा करीब दश लाख जतीको सहभागी रहेको छ भने अहिले यही अभियानका कारण बागमतीमा परिवर्तनको संकेत आउन थालेको छ । बागमती सफाई महाअभियान सँगै बागमतीलाई ढलमुत र नुहाउन योग्य बनाउन नेपाल सरकार शहरी बिकास मन्त्रालय, अधिकार सम्पन्न बागमती एकिकृत बिकास आयोजना तदारुकताका साथ लागी रहेकोछ । बागमती सफाई महाअभियानका अभियन्ताहरु बागमतीलाई ढलमुत र कंचन पानी बगेको हेर्ने चाहना बमोजीम बागमती नदीको फोहोर अनी मलमुत्रलाई ब्यबस्थापन गर्न हरेक शनीबार बिहान दुई घण्टा लागी परेका छन् । अहिले शहरी बिकास मन्त्रालयको पहलमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत सुख्खा मौसममा बागमती नदीमा पानीको बहाब बढाउन शिरमा दुई वटा बाँध बनाइदै छ । जस मध्य शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जभित्रको मूलखर्कमा बाँध बनाउने कार्य अन्तिम चरणमा पुगेकोछ लक्ष्य अनुसार काम सम्पन्न भए अबको छ महिना पछि बाग्मतीमा स्वच्छ पानी बग्नेछ । सुख्खा याममा माथिल्लो बाँधबाट प्रतिसेकेण्ड ४० लिटर पानी बग्ने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्र राज बस्नेतले बताय । उनका अनुसार २४ मिटर अग्लो बाँध बनाइनेछ । वर्षायाममा जम्मा हुने पानीको मूलबाट जम्मा ८ लाख ५० हजार घनमिटर पानी संकलन गरिने छ । सुख्खा याममा नदीको बहाव स्थिर राख्न उक्त पानी उपयोग हुनेछ । यो बाँध सम्पन्न भए पश्चात ताल बन्ने र धाप पर्यटकीय गन्तव्यको ठुलो सम्भावना हुनेछ यसलाई पनि कसरी प्रबद्र्धन गर्ने भन्ने बारे छलफल गरीरहेको उनले बताय ।

यसैबीच, आज बागमती आयोजना प्रमुख लीला प्रसाद ढकाल लगायत अभियन्ताहरुको एक टोली उत धाप क्षेत्रको अवलोकन गरी त्यहाँको बस्तुस्थितीको जानकारी लिएकोछ । कामको स्थिती निकै सन्तोषजनक रहेको समयावधी मै काम सम्पन्न भई सुख्खा याममा पनि नदीको बहाव स्थिर राख्न उक्त धाप निकै उपयोग हुने कुराले सबै अभियन्ताहरुमा सकारात्मक सन्देश प्रवाह भएको कुरा बाग्मती सफाई अभियानका अभियन्ता माला खरेल र राम शाहले बताय ।

खबर एक्सप्रेस