राष्ट्रिय भिटामिन ए कार्यक्रमको पहिलो दिन आज ललितपुरको सानेपामा ललितपुर महानगरपालिकाका उपमेयर गिता सत्यालज्यूबाट झम्सिखेल निवासि पाँच बर्षिया बालकलाई भिटामिन ए र जुकाको औषधी अल्वान्डाजोल खुवाएर शुभारम्भ गर्नुभयो । उपमेयरले उत कार्यक्रममा बोल्दै यो अभियानमा सबै बालबालिकाहरुलाई सहभागी गराउन अपील समेत गर्नुभयो यो अभियानमा कुनै पनि बालबालिकाहरु नछुटुन भनेर महानगरपालिकाले पनि उतिकै ध्यान दिएको र अपील गरीरहेको बताउनु भयो । यो अभियानमा स्थानिय बालबालिकाहरुको निकै ठुलो संख्यामा उपस्थिती रहेको थियो । कार्यक्रममा ललितपुर महानगरपालिकाका वडा नम्बर २ का अध्यक्ष राजेश कुमार महर्जनले सबैलाई स्वागत गर्नुभएको थियो ।
आजै देशब्यापी राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँचवर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि (अल्वान्डाजोल) का साथै ६ महिनादेखि दुई वर्षसम्मका चार लाख बालबालिकालाई बालभिटा खुवाइने र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिने पहिलो दिन उत्साहजनक सहभागीतामा कार्यक्रम सम्पन्न् भएकोछ ।