आज:  | Thu, 28, Mar, 2024

महराले नेकपाको निर्देशन नमान्ने आफू नेकपाको सदस्य नभएको जानकारी

२०७६, ३ कार्तिक आईतवार ०९:४० मा प्रकाशित ( ४ साल अघि) १६४०० पाठक संख्या

यौन र्दुब्यबहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नै नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । सभामुख निर्वाचन भएसँगै नेकपाको साधारण सदस्यसमेत त्यही बेला त्यागी सकेकोले संसदबाट राजीनामा नदिने बताएका हुन् ।
र्दुब्यबहार घटना सार्वजनिक भएपछि नेकपाले सभामुख र सांसद पदबाटसमेत राजीनामा दिन निर्देशन दिएको थियो । तर, उनले सांसद पदबाट राजीनामा नदिई सभामुखबाट मात्रै राजीनामा दिए । उनले राजीनामा नदिँदा उनी संसदमा स्वतन्त्र सांसदका रूपमा रहन सक्छन् ।
आफू नेकपाको नेता नै नभएको भन्दै सो पार्टीको सुझाव किन मान्ने भनेर राजीनामा नदिएको उनीनिकट नेता बताउँछन् । उनको भनाइ उद्धृत गर्दै नेकपाका एक नेताले भने, ‘मैले किन राजीनामा दिने ? म अहिले नेकपामा छैन, त्यही भएर सो पार्टीको सुझाव मान्न जरुरी छैन र बाध्य पनि छैन ।’ आजको राजधानी दैनिकमा सविन शर्माले यो समाचार लेखेका छन् ।

खबर एक्सप्रेस