आज:  | Sat, 20, Apr, 2024

चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त

२०७६, ३ कार्तिक आईतवार १०:१२ मा प्रकाशित ( ४ साल अघि) २९०४८ पाठक संख्या

चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत नियुक्त भएकी छन्।
काठमाण्डौमा आयोजीत कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छिङलाई सद्भावनादूत नियुक्त गरेका हुन्। सामाजिक संजाल (Weibo) मा करिब १ करोड ६० लाख भन्दा बढीले पलो गरीरहेकी नायिका छिङ हलीउड तथा चिनकी चर्चित अभिनेत्री हुन अन्तरास्ट्रिय मंचहरुमा पनि उनी बिशेष रुपमा चिनिन्छीन् ।
अभिनेत्री छिङले नेपाल चीनबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै बुद्ध जन्मेको देशले मनाउन लागेको भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत हुन पाउँदा आफू निकै खुसी भएकीछु भन्दै आफू यसमा लागी पर्ने बताईन ।

खबर एक्सप्रेस