आज:  | Tue, 26, Sep, 2023

महरा र आलमलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न पाँच दिनको म्याद

२०७६, ३ कार्तिक आईतवार २२:०७ मा प्रकाशित ( ३ साल अघि) १४५४० पाठक संख्या

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । न्यायाधीश बाबुराम सुवेदीको इजलासले उत आदेश जारी गरेको हो। दोस्रो पटक म्याद थपका लागि अदालत उपस्थित गराइएका महरालाई जिल्ला अदालतले सरकारी वकिल कार्यालयमा बयानपछि जिल्ला अदालत काठमाडौं पेस गरिएको थियो।
उता हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलमलाई जिल्ला अदालत रौतहटले थप थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले उत आदेश जारी गरेको हो । यसअघि अदालतले मंगलबार अनुसन्धानका लागि भन्दै सात दिनको म्याद दिएको थियो । १२ वर्ष अघिको विस्फोटमा परि घाइते भएकालाई इँट्टा भट्टामा हाली जिउँदै जलाएको आरोप आलममाथि लागेको छ । घटना भएको १२ वर्षपछि आलामलाई प्रहरीले २६ गते रौतहटबाट पक्राउ गरेको थियो । हत्या आरोपमा पक्राउ परेसँगै आलमको सांसद पद निलम्वनमा परेको छ ।

खबर एक्सप्रेस