आज:  | Fri, 01, Dec, 2023

अमेरीकामा चौथो ग्लोबल नेपाली फिल्म अवार्ड हुने

२०७६, ३ कार्तिक आईतवार २२:४५ मा प्रकाशित ( ४ साल अघि) २६७२३ पाठक संख्या

ग्लोबल नेपाली फिल्म अवार्ड हरेक वर्ष आयोजना हुँदै आईरहेको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी यो बर्ष २०१९ को चौथो संस्करणको अवार्ड आगामी नोभेम्बेर ३० देखि डिसेम्बर १ सम्म अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा हुने जानकारी दिईएकोछ । ग्लोबल नेपाली फिल्म अवार्ड नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकरको मुख्य आयोजनामा हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा अमेरिकामा बसोेबास गर्ने फिल्मकर्मी र नेपालबाट केही कलाकार, निर्माता तथा निर्देशकको सहभागीता रहने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले जानकारी दिएका छन् ।
नेपाली चलचित्रकर्मीलाई सम्मान, नेपाली चलचित्रलाई डायस्पोरामा प्रबद्र्धन र प्रोत्साहन गर्न नेपाली चलचित्रको बजार बिस्तारको बिषयमा बिभिन्न अन्तरक्रिया, कलाकारहरुको पुनर्मिलन र नेपाल भ्रमण बर्ष २०२० मा नेपालमा धेरै भन्दा धेरै पर्यटन भित्राउने पनि अवार्डको उद्देश्य रहेको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ र कलाकार संयोजकमा श्याम भट्टराई रहेको अवार्डको नेपाल कार्यक्रम संयोजक मध कुमार श्रेष्ठ रहेका छन् भने पहिलो पटक र्कलीको युसी थिएटरको भब्य हलमा नेपाली कार्यक्रम अवार्ड हुने बताईएको छ । यो अवार्ड कार्यक्रममा अमेरिकामा बसोबास गरीरहेका नेपाली कलाकारहरुले आफ्नो प्रस्तुती दिने छन् भने नेपालबाट जाने कलाकारहरुले पनि आफ्नो प्रस्तुती दिनेछन् ।
नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसारका गर्ने उदेश्यले कलाकारहरुको सहभागीतामा बर्कली सिटीको मुख्य सडकमा नेपाल डे परेड मनाइने जनाकारी पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

खबर एक्सप्रेस