आज:  | Fri, 01, Dec, 2023

सडक निर्माण गर्दा बैतडिमा महिला माथी ड़ोजर चलाईयो चालक पक्राऊ

२०७६, ५ कार्तिक मंगलवार १८:५४ मा प्रकाशित ( ४ साल अघि) २३१८९ पाठक संख्या

बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ ग्वाल्लेकमा सडक निर्माणका विषयमा गाउँलेहरुबीच विवाद हुँदा महिला माथी डोजर चलाउने चालक दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहरा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार महिलालाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि उनी पक्राउ परेको जानकारी प्राप्त भएको छ ।

सुण्नाखानदेखि पार्स सम्मको सडक निर्माणका बिषयमा दुई पक्षबीच कुराकानी नमिल्दा झडप भएको हो। झडपका क्रममा डोजर चालकले स्थानीय गौरी जोशीलाई हुत्याएको भिडियो सार्वजनिक भएको थियो। जोशीको अहिले धनगढीमा उपचार भइरहेको उनका आफन्तले जानकारी दिएका छन्।सडक रोक्ने र सडक लैजाने पक्षबीच विवाद हुँदा ८ जना घाइते भएका थिए। जिल्ला अस्पातलमा समान्य उपचारपछि घर फर्किएका छन्। 

आफूहरुले सडक निर्माणका लागि सहमति गर्न खोजेपछि निर्माण पक्षले जबरजस्ती आफूहरुको जमीनमा डोजर चलाएको स्थानीय हंसराज जोशीले जानकारी दिए भने उता निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले भने डोजरमा एक्कासी ढुंगामुढा गरेको आरोप लगाएका छन्। 

खबर एक्सप्रेस