आज:  | Fri, 19, Apr, 2024

तिब्बतको सान्ताउ सिटी र कर्णाली बीच भगिनी सम्बन्ध जोडिदै

२०७६, ६ कार्तिक बुधबार २३:३३ मा प्रकाशित ( ४ साल अघि) २११४३ पाठक संख्या

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तिब्बतको दश दिने भ्रमण सकेर नेपाल फर्केका छन् । तिब्बत सरकारले हिमालयसँग जोडिएका विभिन्न देशहरुको सहभागितामा बिआरआइ सम्बन्धी तीनदिने कार्यक्रमको आयोजना गरेको थियो । त्यो कार्यक्रममा बङ्गलादेश, नेपाल, पाकिस्तान, म्यान्मार, मङ्गोलियालगायतका देशका मन्त्री, मुख्यमन्त्री सहित सरकारका प्रतिनिधिहरुको सभागिता जनाउने क्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री शाही पनि असोज २७ गते तिब्बत प्रस्थान गरेका थिए । तिब्बतका विभिन्न प्रदेशहरुको भ्रमण निकै उपलब्धिमूलक भएको उनले बताएका छन् ।
भ्रमणमा रहदा त्यहाँका बिकासका संरचनाहरु अवलोकन गर्दे कर्णाली प्रदेशको राजधानी सुर्खेतको चक्रपथ र सुर्खेतदेखि बर्दियासम्मको सुरुङ मार्गको निःशुल्क सर्भे गरिदिन तिब्बत सरकारसँग छलफल गरेको यो विषयमा त्यहाँको सरकार निकै सकारात्मक रहेको बताए । तर सङ्घीय सरकारले अनुमति दिएर त्यो बाताबरण बनाउन अनुरोध गरे । तिब्बतको सिचुवान प्रान्तमा एकीकृत बस्ती विकासको अवलोकन गर्दा हाम्रो कर्णाली प्रदेश सरकारले लिएको एकीकृत बस्ती विकासको नीतिगत योजना निर्माणमा सहयोग पुग्ने आशा गरे भने छिन्ताओको एकीकृत बस्ती विकासको मोडल हेर्दा कर्णालीमा पनि त्यो सम्भव हुन सक्ने भएकाले सङ्घीय सरकारले अनुमति दिएमा र सम्झौता गर्ने स्थिति बनेमा उताबाट बनाइदिनका लागी त्यहाँका कम्पनीहरुले ईच्छा देखाएका बताए तर प्रदेश सरकारले सिधैँ सम्झौता गर्न नमिल्ने भएकोले केही जटिलता रहेको बताए ।
तिब्बतको सान्ताउ सिटी र कर्णाली बीच भगिनी सम्बन्ध जोड्ने कुरा भएको बताउदै कर्णाली प्रदेशको पर्यटन, पूर्वाधार, कृषि, एकीकृत बस्ती विकास र जडिबुटीमा लगानी गर्न उनीहरु सकरात्मक रहेको कुराकानी भएको जनाए ।

खबर एक्सप्रेस