आज:  | Fri, 26, Apr, 2024

सांसद काेमल ओलीद्वारा रनिङ शिल्डको समुदघाटन

२०७६, ७ कार्तिक बिहीबार ००:१९ मा प्रकाशित ( ४ साल अघि) २००८९ पाठक संख्या

राष्ट्रियसभा सांसद काेमल ओलीले तुलसीपुर उपमहानगरपालिका वडा न.१५ काे काेठरीमा दोस्रो मनमोहन स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिताकाे आज समुदघाटन गर्नु भयाे !
उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै माननीय ओलीले स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद भन्ने कुरालाई ध्यानमा राखेर अनुशासित भयर खेल खेल्न खेलाडीहरुलाई आग्रह गर्नुभयाे । अहिले खेलाडीहरुका लागि राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमै निकै अवसरहरु भएकाले खेलाडीहरुले मन लगाएर खेल्नु पर्नेमा जाेड दिनु भयाे ।लक्षमण चाैधरीकाे सभापतित्वमा भएकाे साे कार्यक्रममा नेकपाका नेता राम बहादुर दहित र हुकुम भण्डारीले लगाएतले पनि खेलकाे महत्वबारे प्रकाश पार्नुभएकाे थियाे ।प्रतियाेगीतामा १२ टिम सहभागि रहेका छन् ।

खबर एक्सप्रेस