आज:  | Fri, 08, Dec, 2023

महराविरुद्धको अनुसन्धान प्रतिवेदनप्रहरीले सरकारी वकिल कार्यालयमा बुझायो

२०७६, ८ कार्तिक शुक्रबार १९:२६ मा प्रकाशित ( ४ साल अघि) १२३७० पाठक संख्या

दोस्रोपटक, सात दिन हिरासतमा राख्ने अनुमति पाएको भोलिपल्ट प्रहरीले महराविरूद्धको अनुसन्धानको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
महराविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदीले जानकारी दिनुभयो ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जबरजस्ती प्रयास गरेको अभियोगमा महरामाथि जबरजस्ती करणी उद्योगमा प्रहरीले उनीमाथि अनुसन्धान गरेको थियो ।

अनुसन्धान प्रतिवेदनका आधारमा अब सरकारी वकिलले थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिनसक्छ वा अभियोगपत्र अदालतमा दर्ता गर्नसक्छ ।
मुद्दा नचलाउने निर्णय गर्नसक्ने अधिकारपनि सरकारी वकिलको कार्यालयलाई छ । तर यो काम आज नसकिने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
आइतबारदेखि तिहार विदा सुरू हुन्छ । उनको मुद्दा चलाउने नचलाउने निर्णय गर्न सरकारी वकिललाई अझै ६ दिनको समय छ । कात्तिक १४ गते महरामाथी मुद्दा चलाउने नचलाउने निर्णय गरिसक्नुपर्छ ।

खबर एक्सप्रेस